ad ad

समाज


भारतबाट अवैधरुपमा ल्याउँदै गरेको सामान सशस्त्र प्रहरीद्वारा बरामद

भारतबाट अवैधरुपमा ल्याउँदै गरेको सामान सशस्त्र प्रहरीद्वारा बरामद

नेपालखबर
जेठ ३०, २०८० मंगलबार १४:२९, काठमाडौँ

रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित भन्सार ईलाकाबाट अवैध रुपमा ल्याउँदै गरेको किराना सामान तथा लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ।

भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको १ लाख १९ हजार ७ सय ८० रुपैयाँ बराबरको सो सामान प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले बरामद गरेको हो।

यसैगरी नम्बर ३४ गण कैलालीले जेठ २९ गते कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ३ चटकपुर ईलाकाबाट भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको १ लाख ६ हजार ४ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ।

बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .