कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले छाउगोठ भत्काउने अभियान सञ्चालन गरेको छ।
सोमबारदेखि सञ्चालन गरिएको अभियानको पहिलो दिन ११ वटा छाउगोठ भत्काइएको नगरपालिकाले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले शुक्लाफाँटा ४ आशापुरबाट अभियानको शुरुआत गरेका हुन्।
अभियानको उद्घाटन गर्दै बैद्यले छाउपडी हटाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए।
अभियानमा नगर प्रमुख दिलबहादुर ऐर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासैनी, सशस्त्रका प्रहरी उपरीक्षक वीरबहादुर साहु लगायतको सहभागिता छ।
अभियानमा स्थानय कालिका युवा क्लबमा आबद्ध युवाको सक्रिय सहभागिता छ।
3
Shares
प्रतिक्रिया