समाज


परमेश्वरको त्रास देखाउँदै ललितपुरमा पास्टरद्वारा पटकपटक बलात्कार

परमेश्वरको त्रास देखाउँदै ललितपुरमा पास्टरद्वारा पटकपटक बलात्कार

नेपालखबर
पुस २९, २०७६ मंगलबार १:५९,

परमेश्वरको डर देखाउँदै आफ्नै अनुयायी महिलालाई तीन महिनादेखि बलात्कार गरेको आरोपमा ललितपुरबाट क्रिस्चियन धर्मका एकजना गुरु अर्थात् पास्टरलाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुर महानगरीय प्रहरी परिसरकी प्रवक्ता प्रहरी उपरीक्षक दुर्गा सिंहका अनुसार जोशी भन्ने ध्रुवबाबु जोशीलाई पक्राउ गरिएको हो।

सोमबार साँझ पक्राउ परेका जोशीले चर्चमा प्रार्थना गर्न जाने सिलसिलामा एक महिलालाई परमेश्वर र पापको त्रास देखाई ३ महिनादेखि बलात्कार गरेको आरोप छ।

रोग निको हुने विश्वासमा ललितपुरकाे मण्डली चर्चमा प्रार्थना गर्न गर्न जाने क्रममा पास्टर भनिने ध्रुवबाबु जोशीले तिमीले नराम्रो काम गरेका कारण राेग लागेको हो र त्यो पाप मेटाउन आफूसँग शारीरिक सम्पर्क गर्नुपर्छ भनेर बलात्कार गरेकाे पीडितले प्रहरीमा दिएकाे उजुरीमा उल्लेख गरेकी छन्। 

पहिलोपटक ललितपुर महानगरपालिकाअन्तर्गत चापागाँउमोडको एक गेस्ट हाउसमा बोलाएर जबर्जस्ती करणी गरेको र यो कुरा कसैलाई भने परमेश्वरले दिएको शक्ति नाश भएर जान्छ भन्ने त्रास देखाउनाका साथै जे पनि गर्ने धम्की दिएको पीडित महिलाले बताएकी छन्।

यसैगरी दोस्रोपटक आफैंले सञ्चालन गरेको पसलमा आएर पास्टर जोशीले जबर्जस्ती करणी गर्न खोज्दा आफूले अस्वीकार गरेकाे तर पहिला शारीरिक सम्पर्क भइसकेकाे कुरा परिवार/साथीभाइ सबैलाई हल्ला गरिदिने धम्की दिँदै जबर्जस्ती करणी गरेकाे पीडितकाे भनाइ छ। 

पछिल्लोपटक यही पुसको पहिलो हप्तातिर पुनः आफ्नै पसलमा आएर विभिन्न डरत्रास देखाई जोशीले जबर्जस्ती करण गरेको पीडित महिलाले ललितपुर प्रहरी परिसरमा दिएको उजुरीमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad