ad ad

समाज


भीरबाट खसेको ढुंगा लाग्दा बाख्रा चराउन गएका बालकको मृत्यु

भीरबाट खसेको ढुंगा लाग्दा बाख्रा चराउन गएका बालकको मृत्यु

नेपालखबर
जेठ २८, २०८० आइतबार १३:५, काठमाडौँ

हुम्लामा भीरबाट खसेको ढुङ्गाले लाग्दा शनिबार साँझ एक बालकको मृत्यु भएको छ। सर्केगाड गाउँपालिका–८ राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको मृत्यु भएको हो।
 
अर्का एक बालक घाइते भएका छन्। घाइते हुनेमा सर्केगाड–८ कै ११ वर्षीय खनिल ऐडी रहेका छन्। दुवैजना बाख्रा चराउन वनमा गएका थिए। रोकायाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।

ऐडीको दाहिने हात भाँचिएको र उनको स्वास्थ्य चौकी राहदेवमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .