ad ad

समाज


सुनकोशीमा गाडी खस्दा बेपत्ता सीटीईभीटीका दुई कर्मचारीको शव भेटियो

सुनकोशीमा गाडी खस्दा बेपत्ता सीटीईभीटीका दुई कर्मचारीको शव भेटियो

यही गाडीभित्र दुई कर्मचारीको शव भेटिएको छ। तस्बिर : सशस्त्र प्रहरी


नेपालखबर
जेठ २३, २०८० मंगलबार १८:४३, काठमाडौँ

सुनकोशी नदीमा गाडी खस्दा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ। अझै एक जना बेपत्ता छन्।

घुर्मी–खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनबाट जेठ १९ गते सुनकोशी नदीमा गाडी खसेको थियो।

मंगलबार अपरान्ह गाडीभित्रै दुई जनाको शव भेटिएको सिन्धुलीका प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए।

भेटिएका शवको सनाखत हुन सकेको छैन। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुली लैजाने तयारी गरिएको छ।

सीटीईभीटीको गाडी नदीमा खस्दा प्रशासन शाखाका निर्देशन कृष्ण केसी, योजना महाशाखा निर्देशक प्रेमप्रसाद भुर्तेल र विद्युत प्राविधिक भानु पौडेल बेपत्ता भएका थिए। गाडी चालक कृष्ण चौधरी भने पौडिएर बाहिर निस्कन सफल भएका थिए।

बेपत्ताको खोजीका लागि शसस्त्र प्रहरी बलको गोताखोर टिम परिचालन गरिएको थिषो। उद्धार टोलीले नदीको मुख्य भंगालोलाई अस्थायी बाँधले थुनेर पश्चिमतर्फ फर्काएपछि गाडी भेटिएको हो।

बेपत्ता एक जनाको गोताखाेरले खोजी गरिरहेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .