राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतम बिबाह बन्धनमा बाँधिएकी छिन्। चितवनका व्यवसायी गृहेन्द्र घिमिरेसँग गौतमले लगनठाँठो कसेकी हुन्।
हाल जापानमा रहेकी सांसद गौतम गत जेठ ७ मा बिबाह बन्धनमा बाँधिएको पारिवारिक स्रोतले बताएको छ।
जापान जानुअघि गौतमले पार्टीमा जानकारी गराएकी थिइन्। उनले आफ्नो व्यक्तिगत कामको सिलसिलामा जापान लान लागेको मेसेन्जरमार्फत पार्टीमा जानकारी गराएकी थिइन्।
काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद गौतम र घिमिरेले सामान्य तरिकाबाट दुवै परिवारको जमघटमा बिबाह गरेका हुन्।
बिबाहबन्धनमा बाँधिएउका उनी हिमालयन बिल्डर्सका डाइरेक्टर हुन्।
जेठ १९, २०८०, शुक्रबार
675
Shares
प्रतिक्रिया