नेपाली क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेको न्यायका लागि युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। सन्दीपलाई चाँडो न्याय दिन माग गर्दै काठमाडौंको माइतीघरमा मंगलबारभेला भएका युवाहरूले प्रदर्शन गरेका हुन्।
अदालतमा विचाराधीन मुद्दाको किनारा चाँडो लगाउनुपर्ने प्रदर्शनमा सहभागी युवाहरुको माग छ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज पनि हुन सकेको थिएन।
मुद्दाको अन्तिम फैसलाका लागि जिल्ला न्यायाधीश शंकरबहादुर राईको इजलासमा आजलाई पेसी तोकिए पनि सुनुवाइ नगरिएको हो।
किशोरीले क्षतिपूर्ति पाउनुपर्ने माग राखी दिएको निवेदन पनि साथै राखेर सुनुवाइ गर्ने भन्दै न्यायाधीश राईले आज मुद्दाको सुनुवाइ नगरेका हुन्।
यसअघि पनि पटकपटक पेसी तोकेर सुनुवाइ नगर्दा मुद्दाको फैसला पछि धकेलिएको धकेलियै छ।
Shares
प्रतिक्रिया