भारतको उत्तर प्रदेशमा बसमा आगो लाग्दा २० जनाको मृत्यु भएको छ। २१ जनाको उद्धार गरिएको छ। कतिपयले बसबाट हामफालेर ज्यान जोगाएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार उत्तरप्रदेशस्थित कन्नौजको छिबरामउ जीटी रोडस्थित घिलोई गाउँमा ट्रकसँग ठोक्किँदा बसमा आगो लागेको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार ५० यात्रु सवार एसीयुक्त बस र ट्रक आपसमा ठोक्किनासाथ दुवैमा आगो दन्किएको थियो।
यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको अनुसन्धान गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन्।
साथै उनले मृतकका परिवारलाई भारु २/२ लाख र घाइतेहरूलाई ५० हजार राहत दिने घोषणा गरेका छन्।

प्रतिक्रिया