पशुपति विकास कोषले आफ्नो क्षेत्रभित्रका व्यापारीलाई बक्यौता बुझाउन ताकेता गरेको छ।
पसलसँगै पार्किङ व्यवस्थापन गर्दै आएका व्यवसायीलाई कोषले बक्यौता बुझाउन सूचना जारी गरेको हो। ३ दिनभित्र बक्यौता नबुझाए कालोसूचीमा राखेर चल-अचल सम्पत्ति जफत गर्ने चेतावनी कोषले दिएको छ।
भण्डारखाल, अमालकोट कचहरी, लामपोखरी चावहिल, सुमार्गी भवन क्षेत्रका पसल कवलहरूले बक्यौता तिरेका छैनन्। त्यस्तै भण्डारखाल, उमाकुण्ड र वनकालीस्थित बी ११ मा रहेका पार्किङ व्यवस्थापकले सम्झौता अनुसार रकम नतिरेको कोषले जनाएको छ।
कोषले यसअघि सूचना जारी गरेको थियो। तर अझै पनि केहीले बक्यौता नतिरेपछि ३ दिनभित्र कोषको आय लेखा व्यवस्थापन शाखामा रकम बुझाउन चेतावनीसहित सूचना जारी गरेको हो।
51
Shares
प्रतिक्रिया