एकजना १६ वर्षीया चिनियाँ किशोरीले सगरमाथाको सफल आरोहण गरेकी छन्।
यस वर्षको वसन्त ऋतुमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले सगरमाथाको सफल आरोहण गरेकी हुन्।
चिनियाँ युवती शुई चो युआनले यही जेठ १ गते सोमवार बिहान ५ : ४२ बजे सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गरेकी हुन्।
यसबारेमा बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी जनकारी दिइएको छ।
शुई चो युआनले आफ्ना बुबा शुई चियाङ लेईले सन् २००७ मा सगरमाथाको उत्तरी मोहडाबाट सफल आरोहण गरेकी थिइन्। त्यसपछि दक्षिणी मोहडाबाट पनि आरोहण गर्ने प्रेरणा पाएको उनले बताइन्।
— Nepalkhabar (@nepalkhabar) May 17, 2023१६ वर्षीया चिनियाँ युवतीद्वारा सगरमाथाको सफल आरोहण pic.twitter.com/DirmB4TSaA
आरोहणको सुरुमा मौसम खराबीका कारण चुनौती सामना गर्नुपरेको बताउँदै उनले अन्तिम दिन भने साथ दिएको बताइन्।
उनले सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनको असर आफूले सुनेको जस्तै पाएको अनुभव सुनाइन्।
आरोहणबाट फर्किने क्रममा उपयोग भइसकेका सामान सबै फिर्ता ल्याएको जानकारी पनि उनले दिएकी छन्।
यस वर्ष सगरमाथा आरोहणको ७० औँ वर्ष पुगेको अवसरमा सबैभन्दा धेरै आरोहीले आरोहणको अनुमति लिएका छन्।
यस वर्षको आरोहण शनिवारदेखि सुरु भएको हो।
Shares

प्रतिक्रिया