समाज


चट्याङ लागेर घाइते तीन यार्सा संकलकको ४ दिनपछि उद्धार

चट्याङ लागेर घाइते तीन यार्सा संकलकको ४ दिनपछि उद्धार

नेपालखबर
जेठ २, २०८० मंगलबार ९:४५, काठमाडौँ

दार्चुलामा चट्याङ लागेर घाइते भएका तीन जना यार्सा संकलकको चार दिनपछि उद्धार गरिएको छ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी तीनै जनालाई उपचारका लागि मंगलबार बिहान नेपालगञ्ज पठाइएको हो।

जिल्लाको व्याँस गाउँपालिका–२ हुँम्दुङतीस्थित पाटनमा चट्याङ लागेर घाइते भएका दुँहु गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, वडा नं. १ पिपलचौरी बास्पालीका ३८ वर्षीय आन सिंह महरा र उनकी ३३ वर्षीया श्रीमती मानमतीलाई नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन्।

‘हेलिकोप्टर हिजै आएको थियो, मौसमको खराबीले जान सकेन, आज मौसममा सुधार भएपछि उद्धार सम्भव भयो,’ उनले भनिन्, ‘घाइतेहरुलाई सोही हेलिकोप्टरबाट भर्खँरै नेपालगञ्ज पठाएका छौँ।’

शनिबार राति चट्याङ लागेर उनीहरू घाइते भएका थिए। घटनास्थल दुम्लिङबाट एक दिनको पैदल दूरीमा पर्छ। बाटो पनि अप्ठेरो भएकाले प्रहरी टोली पनि उक्त स्थानमा पुग्न सकेको थिएन।

दुदिवन नजिकको हुँम्दुङतीमा चट्याङ लागेर यार्चा संकलक घाइते भएका थिए। 

पछिल्ला दिनमा प्राकृतिक विपद्का घटना बढन थालेका छन्। 

गत १९ गते पनि व्याँस गाउँपालिका–१ छाङरुस्थित भोलुममा हिमपहिरो जाँदा ५ जना यार्सा संकलकको ज्यान गएको थियो। ७ जना भागेर जोगिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .