काठमाडौं महानगरपालिकाले भवन नक्सा स्वीकृति प्रक्रियाका लागि कागजरहित सेवा सुरु गरेको छ।
महानगरले दर्खास्त फारम भर्नुपर्ने, कार्यालय जानुपर्ने, हार्ड कपी बुझाउनु पर्नेजस्ता परम्परागत शैली बन्द गरेको हो।
वैशाख ३१ गतेको प्रमुखस्तरीय निर्णयबाट जेठ १ गतेबाट कागजरहित सेवा सुरु गर्दै परम्परागत शैली अन्त्य गरेको हो।
यसका लागि इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम (इबीपीएस) प्रणाली अद्यावधिक गरिएको छ। यो प्रणाली भवन नक्सा पास गर्ने कामलाई व्यवस्थित बनाउने अनलाइन प्रणाली हो।
66
Shares
प्रतिक्रिया