ad ad

समाज


सेवाग्राही ठग्ने लेखापढी व्यवसायी समात्दै सुनसरी प्रशासन

सेवाग्राही ठग्ने लेखापढी व्यवसायी समात्दै सुनसरी प्रशासन

सांकेतिक तस्बिर


नेपालखबर
बैशाख ३१, २०८० आइतबार १३:११, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय सुनसरीले सेवाग्राही ठग्ने लेखापढी व्यवसायीलाई धमाधम पक्राउ गर्न थालेको छ।

ठगिएको गुनासोको आधारमा प्रशासनले लेखापढी व्यवसायीलाई पक्राउ गर्दै सर्वसाधारणबाट असलुको रकम फिर्ता गराउन थालेको हो। सो क्रममा सेवाग्राही ठग्ने ४ जना लेखापढी व्यवसायीलाई पक्राउ गरी प्रहरीले कारवाही अघि बढाएको छ।

प्रशासनले पक्राउ परेकाहरुबाट सर्वसाधारणलाई ठगेर लिएको मोटो रकम समेत फिर्ता गराएको छ। प्रमुख जिल्ला अधिकारी(सीडीओ) हुमकला पाण्डेले ठगिएको गुनासो बढेसँगै छानबिन गरी दोषीउपर कारबाहीको प्रक्रिया अघि बढाएको बताइन्।

उनले पासपोर्ट बनाउन आउने सेवाग्राहीलाई लेखापढीको काम गर्नेले ११ देखि ४० हजार सम्म रकम लिएको पाइएको जानकारी दिइन्। उनका अनुसार त्यस्तो रकम पीडितलाई फिर्ता पनि गरिएको छ।

सुनसरी प्रशासनले लेखापढी व्यवसायीको आचरण र व्यवहारको आधारमा निगरानी बढाइएको बताएको छ। दर्ताबिना सञ्चालनमा रहेका पसल तथा फर्म बन्द पनि गरिएको सीडीओ पाण्डेले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .