ad ad

समाज


बाँदर लखेट्न बन्दुक पड्काउँदा आफ्नै मृत्यु

बाँदर लखेट्न बन्दुक पड्काउँदा आफ्नै मृत्यु

नेपालखबर
पुस २५, २०७६ शुक्रबार ७:३७,

बागलुङको तमानखोलामा आफ्नै भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्यु भएको छ। छर्राले घाइते भएका तमानखोला गाउँपालिका–१ बोंगादोभानका ४७ वर्षीय ओमबहादुर घर्तीलाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।

घरछेउको जंगलमा बाँदर लखेट्न भन्दै भरुवा बन्दुक बोकेर निस्केका घर्ती बिहीबार दिउँसो २ बजे बन्दुक पड्केर छर्राले लाग्दा घाइते भएको स्थानीयवासीले बताएका छन्।

उनको बायाँ हात, खुट्टा र पिडौँलामा चोट लागेको थियो। घटनालगत्तै स्थानीयवासीले घर्तीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले बताए। घर्तीले प्रयोग गरेको भरुवा बन्दुक दर्ता भए-नभएको विषयमा समेत प्रहरीले अनुसन्धान थालेको छ।

बाँदर लखेट्न भनिए पनि घटना घट्नुको कारणका विषयमा पनि अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ। मृतक घर्तीको शव अञ्चल अस्पतालमा राखिएको छ। आवश्यक अनुसन्धान र परीक्षणपछि शवलाई परिवारको जिम्मा लगाइने भट्टराईले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .