ad ad

कारोबार


सौर्य ऊर्जामा अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघले नेपाललाई सहयोग गर्ने

सौर्य ऊर्जामा अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघले नेपाललाई सहयोग गर्ने

नेपालखबर
पुस २५, २०७६ शुक्रबार ७:३६,

अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघले नेपालमा सौर्य ऊर्जा प्रवर्द्धनका लागि प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। शुक्रबार ऊर्जामन्त्रीसहितको टोलीसँग यूएईमा भेटवार्ताको क्रममा संघका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराले उक्त प्रतिबद्धता जनाएका हुन्।

संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका ऊर्जा, जलसोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्त र अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघका महानिर्देशक क्यामेराबीच शुक्रबार भेटवार्ता भएको हो। भेटमा मन्त्री पुनले सम्मेलनमा नेपाललाई आमन्त्रण गरेकामा महानिर्देशक क्यामेरालाई धन्यवाद दिँदै भविष्यमा नवीकरणीय ऊर्जाको विकासमा सहकार्यको प्रस्ताव गरेका थिए।

भेटकै दौडान वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले नवीकरणीय ऊर्जा प्रयोगका लागि संघसँग सहकार्यको प्रस्ताव राखेका थिए। अधिकारीले नवीकरणीय ऊर्जाको बजार विस्तारका लागि लगानी सम्मेलनका लागि सहकार्य गर्न वैकल्पिक ऊर्जा र संघबीच सहकार्य गर्न सकिने बताएका थिए।

pun uae vet 2

जवाफमा महानिर्देशक क्यामेराले नेपालले सौर्य ऊर्जाको विकासलाई उच्च प्राथमिकतामा राखेकामा सह्राहना गरेको मन्त्रीको निजी सचिवालयले जनाएको छ। सोही क्रममा महत्वपूर्ण सदस्य राष्ट्रको हैसियतमा नेपाललाई भविष्यमा सौर्य ऊर्जा प्रवद्र्धनका लागि संघले प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्।

हाल नेपालमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा स्थिर सरकार र स्थिर नीति रहेको भन्दै उनले ऊर्जा क्षेत्रमा विदेशी लगानीका लागि उपयुक्त अवसर र वातावरण रहेको उल्लेख गरे। मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रका लगानीका लागि अपिल समेत गरे।

नेपाल सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य लिएको स्मरण गराउँदै उनले त्यसको १० देखि १५ प्रतिशत योगदान सौर्य ऊर्जाको हुने उल्लेख गरे। वर्षमा ३ सय ६० दिन घाम लाग्ने भएकाले नेपाल जलविद्युतसँगै सौर्य ऊर्जाका लागि पनि उपयुक्त स्थान भएको स्पष्ट गरे।

सरकारले सौर्य ऊर्जाको विकासका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र स्थापना गरेको र त्यसले संस्थागत रुपमा काम गरिरहेको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .