प्रधान सेनापती प्रभुराम शर्मा र नेपालका लागि इजरायलका राजदूत हनान गोडेर गोल्डबर्जरबीच भेटवार्ता भएको छ।
उनीहरूबीच बिहीबार दिउँसो सेनाको मुख्यालय जंगीअड्डामा भेट भएको हो।
प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ।
भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
24
Shares
प्रतिक्रिया