ad ad

समाज


५५६ वटा चौंरी गाईको पुच्छरसहित ४ जना पक्राउ

५५६ वटा चौंरी गाईको पुच्छरसहित ४ जना पक्राउ

नेपालखबर
बैशाख २७, २०८० बुधबार १७:२८, काठमाडौँ

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित मलिवाडा बसपार्कबाट सशस्त्र प्रहरीले ५ सय ५६ वटा चौ‌री गाईको पुच्छरसहित ४ जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने विकास कुमार महत्तो, धादिङ्ग जिल्लाको गजुरी गाउँपालिका ८ बस्ने ३६ वर्षीय उमेशबहादु्र बस्नेत, बारा जिल्लाको सिमरा नगरपालिका १ बस्ने ६० वर्षीय सुमन मान्नधर र धनुषा जिल्लाको हसपुर नगरपालिका ४ बस्ने ३७ वर्षीय मोहमद अजिन रहेका छन्।

काठमाडौंबाट जलेश्वर हुँदै मलिवाडा रुटमा चल्ने प्रदेश २–०३–००१ ख १२१५ नम्बरको यात्रुवाहक बसबाट मलिवाडा बसपार्कमा करिब २८ लाख ३० हजार रुपैयाँ बराबरकोे चौंरी गाईको पुच्छर निकाली ठेलामा राख्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरुलाई चौरी गाईको पुच्छरसहित आवश्यक कारबाहीको लागि सशस्त्र वन सुरक्षा शाखा माईस्थान महोत्तरीमा बुझाइएको छ। सो बससमेत आवश्यक छानबिनको लागि सोही शाखामा बुझाइएको सशस्त्र प्रहरी सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .