सर्लाहीमा आइतबार दिउँसो भएको आगलागीमा तीनवटा घरगोठ जलेर नष्ट भएको छ। बरहथवा र धनकौलमा आगलागीमा परेर तीनवटा घर र एउटा गोठ जलेको हो।
बरहथवा नगरपालिका-११ हीरापुरका धर्मेन्द्र पासवान र होरिल हजारीको खरले छाएका दुईवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
आगलागीमा परेर स्थानीय जगेश्वर रायको गोठ पनि जलेको छ।
स्थानीयवासी, प्रहरी र हरिवन नगरपालिकाबाट गएको बारुण यन्त्रको सहायतामा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, सर्लाहीको धनकौल गाउँपालिका–३ मा पनि आज दिउँसो भएको आगलागीमा परेर स्थानीय अनुठा महतोको घर जलेर नष्ट भएको छ।
21
Shares
प्रतिक्रिया