ad ad

समाज


चार लाख नक्कली नोटसहित गिरोह नै पक्राउ

चार लाख नक्कली नोटसहित गिरोह नै पक्राउ

नेपालखबर
पुस २४, २०७६ बिहिबार १०:४७,

प्रहरीले नक्कली नेपाली नोट बनाउने मेसिनसहित चार जनाको गिरोहलाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोले ४ लाख १३ हजार नक्कली नेपाली नोटसहित गोंगबुबाट कमल बुढाथोकी भन्ने कोवीराम बुढाथोकी समेत चार जनालाई पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा बुधबार चार जनालाई पक्राउ गरेको सीआईबीले जनाएको छ। पक्राउ पर्नेमा कमलसहित काभ्रे पाँचखालका बलबहादुर राना मगर, डोटी पूर्वीचौकी ३ का आर्यन खड्का, धनकुटा छत्र जोरपटी ३ का छत्रबहादुर लिम्बू रहेका छन्।

nakkali note 2 

पक्राउ परेका चार जनाको साथबाट नेपाल राष्ट्र बैंक लेखिएको छ७० ९६१९७४ नम्बरको १ हजार दरको १०७ थान, च८३ ५५३९६६ नम्बरको १ हजार दरको १०५ थान, ज१८ ०७८६७० नम्बरको १ हजार दरको ४५ थान, ग४३ ६६३१७६ नम्बरको १ हजार दरको ९७ थान, ग९७ ०५९६०८ नम्बरको १ हजार दरको ५९ थान गरी कुल १ हजार दरका ४ सय १३ थान नक्कली नोट बरामद भएको पाण्डेले बताए।

त्यस्तै १ हजार दरको नोटको ए४ साइजको पेपरमा ४ वटा अट्ने गरी पछाडिको भागको रंगीन फोटोकपी गरेको ३५ थान पेपर समेत सीआईबीले बरामद गरेको छ। यसबाहेक रंगीन फोटोकपी मेसिन, गोल किस्ट कम्पनीको सीपीयू समेत सीआईबीले बरामद गरेको छ।

मुलुकी अपराध संहिता, २०७४, परिच्छेद (२२, मुद्रा सम्बन्धी कसुरको दफा २५६ विपरीत कसुर भएको हुँदा कसुर गर्ने वा गराउने व्यक्तिलाई मुद्राको परिमाण र मूल्य विचार गरी पाँच वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना हुने प्रावधान छ।

कसुर गर्न पयोग भएको मुद्रा, औजार, उपकरण वा यन्त्र र त्यससँग सम्बन्धित सामग्री जफत हुने कानुनी प्रावधान रहेको छ। सीआईबीका प्रवक्ता वेलबहादुर पाण्डेले प्रचलित कानुनअनुसार कारबाही हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .