ad ad

समाज


काठमाडौंका नगर प्रहरीले कार्यालयभित्रै तासको खाल जमाएपछि...

काठमाडौंका नगर प्रहरीले कार्यालयभित्रै तासको खाल जमाएपछि...

कार्यालयमै तासमा व्यस्त काठमाडौंका नगर प्रहरी।


नेपालखबर
बैशाख २१, २०८० बिहिबार १८:६, काठमाडौँ

काठमाडौं महानगरपालिकाका तीनजना नगर प्रहरीले कार्यालयभित्रै तास खेलेपछि कारबाहीमा पर्ने भएका छन्। 

कार्यालय समयमा तास खेलेको तस्बिर सार्वजनिक भएपछि उनीहरुलाई महानगरको नेतृत्वले निलम्बन तयारी गरेको हो। 

‘टेकुको नगर प्रहरी बल कार्यालयमा तीनजना नगर प्रहरी तास खेलिरहेको भेटिए,’ महानगर स्रोतले भन्यो, ‘नगर प्रहरीकै पोशाकमा उनीहरुले तास खेलेका पाइएको छ। अब उनीहरूलाई निलम्बन तयारी गरिएको छ।’

नगर प्रहरी निरीक्षक निरकुमार बस्नेत, हवल्दार प्रयास घिमिरे र जवान रुपेश बानियाँले बुधबार टेकुस्थित कार्यालयमै बर्दी लगाएको अवस्थामा हारजित हुने गरी तास खेलेका थिए। 

टेकुस्थित सडकबाट उठाइएका सामान राख्ने उक्त स्थानमा बुधबार झरी परेका बेला उनीहरु तासमा मग्न भएका थिए। 

महानगर स्रोतका अनुसार निलम्बन तयारी भएकामध्ये हवल्दार प्रयास घिमिरे यसअघि उपमेयर सुनिता डंगोलका पीएसओका रुपमा कार्यरत थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .