समाज


डाक्टरको ओपीडी शुल्क बढ्यो, ९ सय ४० सम्म लिन पाइने

डाक्टरको ओपीडी शुल्क बढ्यो, ९ सय ४० सम्म लिन पाइने

नेपालखबर
बैशाख १९, २०८० मंगलबार १७:५६, काठमाडौँ

चिकित्सकहरूको परामर्श शुल्क जेठ १ गतेदेखि लागू हुनेगरी १४ प्रतिशतले वृद्धि भएको छ। 

स्वास्थ्य मन्त्रालयको समन्वयमा प्राइभेट हेल्थ इन्स्टिच्युएसन अफ नेपाल (अफिन), नेपाल चिकित्सक संघ (एनएमए), नेपाल मेडिकल काउन्सिलका पदाधिकारीहरूको संयुक्त सहमति अनुसार १४ प्रतिशत शुल्क वृद्धि भएको हो। 

स्वास्थ्य मन्त्रालयले नेपाल राष्ट्र बैंकको मुद्रास्फितिका आधारमा प्रत्येक २÷२ वर्षमा शुल्क पुनरावलोकन गर्ने अधिकार २०७८ भदौ ३० मा नै दिइएको आधारमा शुल्क बढाइएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले जानकारी दिए। 

अनुभव तथा योग्यताका आधारमा तोकिएको नयाँ ओपिडी शुल्क न्यूनतम ४२० देखि बढीमा ९४० सम्म कायम गरिएको छ।

अब एमबीबीएस तथा बीडीएस गरी ५ वर्षसम्म अनुभव भएकाहरूले ४२० र त्यसभन्दा बढी अनुभव भएकाहरूले  ५१५ लिन पाउने विज्ञप्तिमा उल्ल्ेख गरिएको छ।

यस्तै, एमडी एमएसको योग्यता भई पाँच वर्षसम्म अनुभव भएकाहरूले ७५० र त्यसभन्दा बढी अनुभव भएकाहरूले ८ सय, डीएम एमसीएच गरी पाँच वर्षसम्म अनुभव भएकाहरूले ८८० र त्यसभन्दा बढी अनुभव भएकाहरूले ९४० परामर्श शुल्क लिन पाउने तेकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .