समाज


दार्चुलामा यार्सा खोज्न गएका ९ जनालाई हिमपहिरोले पुरेको आशंका, सशस्त्र प्रहरी जाँदै

दार्चुलामा यार्सा खोज्न गएका ९ जनालाई हिमपहिरोले पुरेको आशंका, सशस्त्र प्रहरी जाँदै

नेपालखबर
बैशाख १९, २०८० मंगलबार १६:४२, काठमाडौँ

दार्चुलामा दूर्लभ जडीबुटी यार्सागुम्बा खोज्न गएका ९ जना हिमपहिरोमा परेको आशंका गरिएको छ।

मंगलबार दिउँसो पौने ३ बजेको समयमा दार्चुलाको ब्याँस गाउँपालिका-१ बोलिनमा यार्सागुम्बा खोज्न गएका करिब ९ जना स्थानीयबासी त्रिपालमा बसिरहेको अवस्थामा हिम पहिरोले पुरिएको खबर आएको सशस्त्र प्रहरीले जनाएको छ।

त्रिपालमुनि बसिरहेका बेला उनीहरु हिमपहिरोमा परेको आशंकासहितको खबर आएपछि अहिले सशस्त्र प्रहरी बलको टोली त्यसतर्फ गएको छ।

सशस्त्र प्रहरी बल हलचोकका अनुसार  ५० नम्बर  गुल्म छाङरुबाट डीएसपीको कमान्डमा ३० जनाको टोली उक्त इलाकातर्फ गएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .