समाज


रातो मच्छिन्द्रनाथको रथारोहण (तस्बिरहरू)

रातो मच्छिन्द्रनाथको रथारोहण (तस्बिरहरू)

सरोज बैजु
बैशाख ८, २०८० शुक्रबार २१:५, काठमाडौँ

ललितपुरको पाटनमा सबैभन्दा लामो समयसम्म चल्ने रातो मच्छिन्द्रनाथको जात्रा सुरू भएको छ। शुक्रबार साँझ मच्छिन्द्रनाथको रथारोहण गरेसँगै यो जात्रा सुरू भएको हो। 

रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ)को रथयात्रा वैशाख महिनाको शुक्लपक्ष प्रतिपदादेखि शुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइने गरिन्छ।

रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवताको रुपमा पुज्ने गरिन्छ। वैशाख शुक्ल प्रतिपदामा सुरू भएर आषाढ शुक्ल चतुर्थीसम्म रातो मच्छिन्द्रनाथको रथयात्रा चल्छ।

यो यात्रालाई काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा पिन लिइन्छ। मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने परम्परा छ। 

पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पुर्‍याएर भोटो देखाइन्छ।

तस्बिरहरू:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .