समाज


जनकपुरमा पत्रकार कुटिएकोप्रति महासंघको आपत्ति

जनकपुरमा पत्रकार कुटिएकोप्रति महासंघको आपत्ति

नेपालखबर
पुस २२, २०७६ मंगलबार ११:३२,

समाचार संकलनका क्रममा जनकपुर उप–महानगरपालिकाका मेयर लाल किशोर साहले आफ्ना सहयोगी तथा नगरप्रहरी प्रयोग गरी पत्रकारमाथि गरेको कुटपिट तथा दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विश्व सम्पदा सूचिमा सूचिकरणका लागि सिफारिस गरिएको जानकी मन्दिरको जग्गा अतिक्रमण भएको विषयमा आज मेयर साहसँग प्रतिकृया लिन पुगेका नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, उज्यालो अनलाईन डटकमका पत्रकार सुवास कर्ण, देश सञ्चार डटकमका पत्रकार राजा झालाई आफ्नो सहयोगी तथा नगरप्रहरी प्रयोग गरी कुटपिट गर्नुका साथै, कान्तिपुर टिभीका पत्रकार अमरकान्त ठाकुरलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेका थिए।

सूचना संकलनका लागि मेयरको कार्यकक्षमा पुगेका पत्रकारहरुमाथि भएको कुटपिट तथा दुव्र्यवहारको घटना प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन भएको महासंघले ठहर गरेको छ। महासंघले घटनाको भत्र्सना गर्दै, सत्यतथ्य छानविन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्नुका साथै पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूती गर्न माग गरेको छ।

यस्तै नेपाल पत्रकार महासंघ प्रदेश नं २ ले पनि घटनाको भत्र्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ। पत्रकारको ज्युज्यानको सुरक्षाको ग्यारेन्टी नहुने अवस्थासम्म सामूहिक रुपमै समाचार संकलनमा जानसमेत महासंघले पत्रकारहरुसँग आग्रह गरेको छ।

याे पनि: मेयरकै नेतृत्वमा पत्रकारमाथि कुटपिट (भिडियाे)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad