ad ad

समाज


‘मेक्सिकन ड्रग्स वार’मा ६० हजार वेपत्ता

‘मेक्सिकन ड्रग्स वार’मा ६० हजार वेपत्ता

नेपालखबर
पुस २२, २०७६ मंगलबार १०:३४,

सन् २००६ देखि सरकारले लागूऔषध तस्करविरुद्ध अभियान सन्चालन गरेपछि त्यसयता प्रहरी र तस्करविरुद्ध भिडन्त हुँदै आएको छ।

साथै लागूऔषध तस्करहरु भित्रै पनि भिडन्त हुने गरेको छ। सरकारी तथ्यांकअनुसार सन् २००६ यता ६० हजार मानिसहरु लागूऔषध युद्धमा वेपत्ता भएका छन्।

गतवर्ष मात्र मेक्सिकोमा ३१ हजार हत्याहरु भए। प्रहरी र लागूऔषध तस्कर तथा तस्कर तस्करविरुद्धको झडपका क्रममा उनीहरु मारिएको जनाइएको छ।

Related image

लागूऔषधको विषयलाई लिएर वेपत्ता भएका ६० हजार मानिसहरुको उमेर समूह १५ देखि ३५ को भएको जनाइएको छ। वेपत्तामध्ये ७४ प्रतिशत पुरुष भएको जनाइएको छ।

मेक्सिकोको राष्ट्रिय अनुसन्धन आयोगका अनुसार गतवर्ष ५ हजार मानिस लागूऔषध द्वन्दका कारण वेपत्ता भए।

आयोगकी प्रमुख कार्ला क्वान्टाना भन्छिन्,‘तथ्यांक निकै भयानक छ। यसले वेपत्ता परिवारमा पिडा थपेको छ।’

मानवअधिकारवादी संस्थाहरुका अनुसार प्रहरीबाटै लागूऔषध तस्कर नियन्त्रणका क्रममा वेपत्ता हुने गरेका छन्। साथै लागूऔषध तस्करले पनि प्रहरी तथा उनीहरुका परिवारलाई अपहरण गरी वेपत्ता बनाउने गरेका छन्। बीबीसी

Related image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .