ad ad

समाज


इनरुवामा लघुवित्त पीडित र प्रहरीबीच झडप

इनरुवामा लघुवित्त पीडित र प्रहरीबीच झडप

फाइल तस्वीर


नेपालखबर
बैशाख ३, २०८० आइतबार १७:५४, काठमाडौँ

लघुवित्त संस्थाविरुद्ध आन्दोलनरत लघुवित्त पीडित र प्रहरीबीच सुनसरीको इनरुवामा झडप भएको छ।

आइतवार सुनसरीको इनरुवामा लघुवित्त संस्थाको बिरोधमा संघर्षमा उत्रिएका लघुवित्त पीडित र प्रहरीबीच झडप भएको हो। लघुवित्त पीडितहरुले तीन घण्टा बढी समय सडक अवरोध जारी राखेपछि प्रहरीले सडक खुला गर्ने क्रममा झडप भएको हो। 

प्रहरीले यातायात सञ्चालनमा अवरोध नगरी आन्दोलन गर्न सम्झाएपनि आन्दोलनकारीले नमान्दा प्रहरीले उनीहरुलाई लट्ठी चार्ज गरेर लखेटेर सडक खुलाएको थियो। सडक खुला गर्ने क्रममा आन्दोलनकारी पक्षले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा थालेपछि प्रहरीले बल प्रयोग गर्दा दुवैतर्फका केही घाइते भएका छन्।

आन्दोलनका कारण पूर्व—पश्चिम राजमार्ग अन्तर्गत इनरुवा बसचोक खण्डमा दिनभर सवारी सञ्चालन हुन सकेको छैन। आन्दोलनकारी विहानैबाट सडकमै सुतेका थिए।

आन्दोलनमा सहभागी अधिकांश महिला भएकाले समेत प्रहरी लामो समय संयमता अपनाएको थियो। आफूहरुको आन्दोलनमा प्रहरी दमन भएको भन्दै आन्दोलनकारीले आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .