ad ad

कारोबार


तीन चिनियाँ सहरमा नेपालको पर्यटन प्रवर्द्धन गर्दै नाट्टा, ३७ जना चीन जाँदै

तीन चिनियाँ सहरमा नेपालको पर्यटन प्रवर्द्धन गर्दै नाट्टा, ३७ जना चीन जाँदै

नेपालखबर
चैत ३०, २०७९ बिहिबार १३:३८, काठमाडौँ

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले चीनका तीन सहरमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गर्ने भएको छ। 

नाट्टाले चेङ्दु, खुमिङ र बेइजिङमा कोभिड महामारीपछि रोकिएको सेल्स मिसन पुनः गर्ने भएको हो। कोभिडअघि नाट्टाले नियमित रुपमा आयोजना गर्दै आइरहेको थियो। 

नाट्टाका अनुसार नेपाल पर्यटन बोर्ड र नेपाल राजदूतावास बेइजिङ्गको सहकार्य एवं समन्वयमा यही अप्रिल १४ देखि २१ तारिखसम्म आयोजना हुनेछ। 

सेल्स मिसनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै नाट्टाले यस वर्षको नेपाल चाइना सेल्स मिसनको समन्वय गर्न संयोजकका रुपमा उपाध्यक्ष वरुण मेहताले जिम्मेवारी पाएको जनाएको छ।   

संघका उपाध्यक्ष एवं कार्यक्रम संयोजक मेहताको नेतृत्वमा चीन जानलागेको नेपाली पर्यटन व्यवसायीहरुको प्रवद्र्धन टोलीमा ट्राभल÷टूर व्यवसायी, होटेल एवम् ट्रेकिङका गरी कुल ३७ जना सहभागी सम्मिलित छन्। 

टोलीले उक्त तीन सहरमा नेपालको पर्यटनबारे प्रस्तुतीकरण गर्नुका साथै त्यहाँको स्थानीय टूर अपरेटरहरुसँग बी२बी गर्ने तथा स्थानीय सञ्चारमाध्यमहरुलाई नेपालका पर्यटकीय आकर्षणबारे जानकारी गराइने कार्यक्रम छ। 

कार्यक्रममा बेइजिङ्ग स्थित नेपाली राजदूतावासले पनि नाट्टाको यस प्रवर्द्धनमूलक कार्यक्रममा सहकार्य गर्दै स्थानीय सरकारी निकाय तथा पर्यटन संघ–संस्थाहरुको विशेष भेला आयोजना गरेर नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम– २०२३ गर्ने नाट्टाले जनाएको छ। 

चीन सरकारले सन् १९७८ देखि अवलम्बन गरेको राष्ट्रिय सुधार र खुल्लाद्वार नीतिको फलस्वरुप चीनबाट पर्यटकहरु बाह्य मुलुकमा भ्रमणका लागि जाने प्रथा दू्रत रुपले अघि बढेको हो। 

चीन सरकारले आन्तरिक तथा बाह्रय देशका पर्यटकका लागि चीन भ्रमण गर्न खुल्ला गरेको र आप्mना नागरिकलाई भ्रमण गर्न खुल्ला गरी तयार गरेको देशको सूचीमा नेपाल समेत समेटिएको छ। 

सेल्स मिसनले चिनियाँ पर्यटकलाई उल्लेख्य रुपमा नेपाल भित्र्याउन सफल हुने विश्वास लिइएको छ। चीन र नेपालबीचको भौगोलिक सामीप्यता तथा सांस्कृतिक समानता र दुवै देशका बुद्ध धर्मालम्बीहरुको सद्भावले नेपाल चिनियाँ पर्यटकहरुका लागि प्रमुख गन्तव्य हुन सक्ने र यसबाट नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ। 

सेल्स मिसनको भ्रमण टोलीमा नाट्टाका उपाध्यक्ष एव मिसन संयोजक वरुण मेहता र नाट्टा सचिव एव मिसन सहसंयोजक यूविका भण्डारीका अलावा नेपाल पर्यटन बोर्डका प्रतिनिधि २ जना र एअर चाइनाका प्रतिनिधि १ जना समावेश हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .