समाज


पशुपतिमा भेटीको घ्याम्पो गायब, अब अनुसन्धान जिम्मा प्रहरीलाई

पशुपतिमा भेटीको घ्याम्पो गायब, अब अनुसन्धान जिम्मा प्रहरीलाई

फाइल तस्बिर


नेपालखबर
चैत २८, २०७९ मंगलबार १८:३०, काठमाडौँ

पशुपतिनाथ मन्दिर परिसरमा राखिएको भेटी राख्ने घ्याम्पो गायब घटनाबारे अब प्रहरीले अनुसन्धान गर्ने भएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले गत माघ १४ गते भेटीसहितको घ्याम्पो सुरक्षाकर्मीकै बीचबाट हराएको विषयमा थप अनुसन्धानको जिम्मा प्रहरीलाई दिएका हुन्। 

'पशुपतिनाथ मन्दिर परिसरबाट भेटिघाटी संकलन हुने घ्याम्पो हराएपछि एक छानविन समिति बनाइयो', किरातीले भनेका छन्, 'त्यस समितिको प्रतिवेदनको आधारमा थप अनुसन्धान गर्नुपर्ने भएकोले गृहमन्त्रालयमार्फत नेपाल प्रहरीलाई पठाउने निर्णय भएको छ।'

पशुपतिमा राखिएको सीसीफुटेजअनुसार उक्त घ्याम्पो हराएको दुई घण्टापछि पुरानै ठाउँमा राखिएको थियो। यति हुँदा पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र पशुपति क्षेत्र विकास कोषका सुरक्षागार्डले थाहा पाएका थिएनन्। 

त्यसपछि कोषका सदस्य देवी बरालको संयोजकत्वमा छानबिन समिति बनेको थियो। समितिले कसैलाई दोषी किटान नगरेपछि थप अनुसन्धानको जिम्मा अब प्रहरीलाई दिइएको हो। 

त्यसैगरी यस वर्षको महाशिवरात्रीका अवसरमा सञ्चालित मेलामा सम्झौताविपरीत काम भएको निष्कर्ष पनि मन्त्री किरातीले निकालेका छन्। 

'उक्त मेला सम्झौताबारे छानबिन गर्दा सोझै घोटाला भएको देखिएकोले थप अनुसन्धान गरी दोषीउपर कारबाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय भएको छ', उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad