समाज


नयाँ दिल्लीबाट ७ नेपाली बालबालिकाको उद्धार

नयाँ दिल्लीबाट ७ नेपाली बालबालिकाको उद्धार

सांकेतिक तस्बिर


नेपालखबर
चैत २०, २०७९ सोमबार १४:२०, काठमाडौँ

भारतको राजधानी दिल्लीस्थित नयाँ दिल्ली रेल्वे स्टेशनबाट ७ जना नेपाली बालबालिकाहरुको उद्धार गरिएको छ।

एक हप्ता लामो विशेष उद्धार अभियानबाट ७ नेपाली बालबालिकाको उद्धार गरिएको हो।

बाल कल्याण समितिसहित सलाम बालक, प्रयास संस्था, साथी संस्था, चाइल्ड लाईन १०९८, रेल्वे अथोरिटी, आरपीएफ र जीआरपीको संयुक्त पहलमा गत २७ मार्चदेखि अप्रिल २ सम्म गरिएको संयुक्त उद्धार अभियानमा नेपाल, बंगलादेश र भारतका विभिन्न राज्यबाट दिल्ली पुगेका झण्डै ४ सय बालबालिकाको उद्धार गरिएको अभियानमा लागेका उद्धारकर्मीहरुले बताएका छन्।

नयाँ दिल्ली रेल्वे स्टेशनका विभिन्न प्लेटफर्महरु, रेल्वे स्टेशनका प्रवेश र निकासद्वारमा खटिएका उद्धारकर्मीहरुले बालबालिकाहरुको उद्धार गरेका हुन्।

समारोहमा बोल्दै दिल्ली सरकार अन्तर्गत बाल कल्याण समितिका अध्यक्ष वरुण पाठकले ७ दिनसम्म चौबिसै घण्टा चलाइएको अभियानमा ७ नेपाली बालबालिकाहरुको उद्धार गरिएको बताए।

उनले दिल्ली र अन्य राज्यहरुमा निरन्तर रुपमा नेपाली बालबालिकाहरुलाई विभिन्न प्रलोभलनमा दिल्ली पुर्याइने गरेको भन्दै आफूहरुले उद्धार गरेका बालबालिकाहरुलाई किन इण्डिया नामक संस्था र नेपाली राजदूतावासको समन्वयमा नेपाल पठाउने काम गरिरहेको पनि बताए।

उनले नेपालको तराई क्षेत्र विशेष गरी रौतहटका बालबालिकाहरु धेरै दिल्ली पुग्ने गरेको बताए। 

बालबालिकाहरु घरको आर्थिक अवस्था कमजोर रहेकाले ठूला शहर घुम्ने रहर र प्रलोभनमा परेर दिल्ली पुग्ने गरेको पाइएको उद्धारमा खटिएकाहरुले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad