वारिस पन्जाब देका प्रमुख र खालिस्तान समर्थक अमृतपाल सिंहको नयाँ भिडिओ सार्वजनिक भएको छ। दिल्लीमा उनी आफ्नो पार्टनर पपलप्रित सिंहसँग गइरहेको देखिन्छ। भिडिओ यही मार्च २१ को रहेको बताइएको छ। अमृतपालले कपाल खुला राखेका छन् भने पपलप्रित सिंह पछाडि हिँडिरहेका छन्।
(त्यो भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोला)
अहिले यो सीसीटीभी फुटेजबारे प्रहरीका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन। पन्जाब प्रहरीले ११औं दिनमा पनि अमृतपालको खोजी गरिरहेको छ तर अहिलेसम्म उनी प्रहरीको पहुँचभन्दा बाहिर छन्।
अमृतपालको फाइनान्सरको पाकिस्तानी लिङ्क
अमृतपाल सिंहका फाइनान्सर दलजित कलसीको पाकिस्तानी पूर्वसेना प्रमुख कमर जावेद बाजवाका छोरासँगको सम्बन्धको खुलासा भएको छ। वास्तवमा कलसी दुबईमा रहेको साद बाजवाको कम्पनीसँग सम्बद्ध थिए। उनी दुबई गएको दुई महिना मात्रै भएको बताइएको छ।
कलसीको दुबईमा बसाइ खालिस्तानी आतंकवादी लखबीर लान्डाले मिलाएको आरोप छ। प्रहरीले अमृतपाल र दलजित कलसी दुवै पाकिस्तानी इन्टर सर्भिसेस इन्टेलिजेन्स (आईएसआई) को सम्पर्कमा रहेको प्रमाण फेला पारेको छ।
गुन्डा निरज बवानासँग पनि सम्पर्क
नेपालले पनि अमृतपाललाई निगरानीमा राखेको छ
नेपाल प्रहरीले अमृतपाल सिंहलाई निगरानी सूचीमा राखेको छ। भर्खरै उनी नेपालमा रहेको जानकारी सार्वजनिक भएपछि भारत सरकारले नेपाल सरकारलाई यसबारे सचेत गराएको हो।
भारत सरकारले नक्कली राहदानी बनाएर भाग्न खोजेमा उनलाई तेस्रो मुलुकमा भाग्न नदिन र पक्राउ गर्न नेपाल सरकारलाई आग्रह गरेको छ। यही अनुरोधपछि नेपाल अध्यागमन विभागले अमृतपाललाई निगरानीमा राखेको छ।
सूचना अधिकारी कमलप्रसाद पाण्डेले भने, ‘हामीले राहदानीको प्रतिलिपिसहित (भारतीय) दूतावासबाट लिखित नोट प्राप्त गरेका छौं। जसमा अमृतपाल सिंह नेपाल प्रवेश गरेको आशंका गरिएको छ। उनको तस्बिर पठाएर नेपालको विमानस्थल र होटललाई पनि सचेत गराइएको छ।’ दैनिक भास्करबाट
Shares

प्रतिक्रिया