समाज


यस्तो छ सांसद चन्द्र भण्डारीको पछिल्लो स्वास्थ्य अवस्था

यस्तो छ सांसद चन्द्र भण्डारीको पछिल्लो स्वास्थ्य अवस्था

नेपालखबर
चैत २, २०७९ बिहिबार २१:१६, काठमाडौँ

ग्यास लिक भइ आगलागीमा परी घाइते भएका प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ। 

भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टरमा उपचाररत डा. भण्डारीको फिजियोथेरापी जारी रहेको र ड्रेसिङ भइरेहको उनका आफन्तले जानकारी दिएका छन्।

यसका साथै अनुहारको छाला राम्रो हुँदै गएको, अपरेशन गर्न आवश्यक नभएको, स्वास्थ्यमा सुधार भइरहेको र कलमी छालाले राम्रोसँग काम गरिरहेको बताइएको छ।

भण्डारीलाई सामान्य आहार प्रदान गरिएको छ भने सबै स्वास्थ्य प्यारामिटरहरू सामान्य छन्।

संक्रमण नियन्त्रण गर्न अस्पताल प्रशासनले आगन्तुकहरूलाई कडाइका साथ निषेध गरेको छ।

गत फागुन ३ गते राति घरमै ग्यास लिक भइ आगलागी हुँदा भण्डारी घाइते भएका थिए। उनीसँगै जलेकी आमा हरिकलाको अर्को दिन उपचारकै क्रममा काठमाडौंमा निधन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad