ad ad

समाज


इँटा भट्टाको पर्खाल भत्किँदा सिरहामा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

इँटा भट्टाको पर्खाल भत्किँदा सिरहामा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

नेपालखबर
फागुन २८, २०७९ आइतबार ६:१८, सिराहा

सिराहाको गोलबजारमा इँटा भट्टाको पर्खाल भत्किँदा ६ जना मजदुर घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गोलबजार नगरपालिका– ५ मा रहेको माँ धमिनी इँटा उद्योगमा शनिबार दिउँसो पर्खाल भत्किँदा मजदुर घाइते भएका हुन्। 

मजदुरहरुले काम गरिरहेको बेला काँचो इँटा पकाउने भट्टीको पर्खाल भत्किएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक डुपेन्द्र बुढाथोकीले जानकारी दिए।

पर्खालले च्यापिएर सोही ठाउँका ४२ वर्षीय रामविलास सदा, ३९ वर्षीय देविया सदा, १६ वर्षीय चन्दन सदा, २२ वर्षीय मोदिया सदा, विजय सदा र जयनाथ सदा घाइते भएका छन्। 

घाइतेमध्ये गम्भीर अवस्थाका एकजनालाई थप उपचारका लागि गएराति नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए।

अन्य घाइतेको स्थानीय लाइफलंग हेल्थ केयर प्रालिमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .