ad ad

समाज


शर्मालाई राकेश लामिछाने सञ्चारकर्मी सम्मान

शर्मालाई राकेश लामिछाने सञ्चारकर्मी सम्मान

नेपालखबर
पुस १७, २०७६ बिहिबार ८:०,

यस वर्षको ‘राकेश लामिछाने स्मृति बरिष्ठ सञ्चारकर्मी सम्मान’बाट वरिष्ठ सञ्चारकर्मी तथा नेपाल टेलिभिजनका पूर्व महाप्रवन्धक दुर्गानाथ शर्मालाई प्रदान गरिएको छ।

क्लासिक एफएम १०१.२ मेगाहर्जको २४ औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित एक समारोहमा नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शर्मालाई सम्मान गरेका हुन्।

यो सम्मानबाट यसअघि २०७५ सालमा वरिष्ठ सञ्चारकर्मी एवम् साहित्यकार किरण खरेल र २०७४ सालमा वरिष्ठ सञ्चारकर्मी ध्रुव थापा र गौरी केसी सम्मानित भइसकेका छन्।

यो पुरस्कार क्लासिक एफएमका संस्थापक स्वर्गीय राकेश लामिछानेको स्मृतिमा स्थापना गरिएको हो।

कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले राजनीतिक परिवर्तनका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए।

मन्त्री ज्ञवालीले समाजमा देखिएका नकारात्मक परिस्थितिलाई सकारात्मक बनाउन सञ्चार क्षेत्रले अझै सशक्त भूमिका खेल्नुपर्ने सुझाब समेत दिएका थिए।

कार्यक्रममा नेपालकै पहिलो व्यवसायिक एफएम क्लासिक एफएमका निर्देशक प्रकाश पोख्रेलले मिडिया विधेयकमार्फत सरकारले संविधानको मर्म विपरित जनताको मौलिक हक कुण्ठित पार्ने खालको प्रयत्न गरेका आरोप लगाउँदै त्यसलाई सच्याउन आग्रह गरेका थिए।

कार्यक्रममा कांग्रसेस नेता दीपक गरी, सांसद विद्या भट्टराई लगायतको उपस्थिति थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .