सशस्त्र प्रहरीले कपिलवस्तुबाट तीन लाख रुपैयाँ बराबरका नक्कली गहना बरामद गरेको छ।
यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट सशस्त्रले करीब ३ लाख रुपैयाँ बराबरको बिभिन्न किसिमका नक्कली सुनका गहना बरामद गरेको हो।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त गहना सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले बरामद गरेको सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।
बरामद गहना सुठौली भन्सार कार्यालयमा बुझाइएको छ।
15
Shares

प्रतिक्रिया