ad ad

समाज


नेपाल प्रवेश गर्ने पर्यटकलाई ढाकाटोपी र रुद्राक्षको मालाले सम्मान

नेपाल प्रवेश गर्ने पर्यटकलाई ढाकाटोपी र रुद्राक्षको मालाले सम्मान

नेपालखबर
पुस १६, २०७६ बुधबार ७:४३,

झापाको पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरेर नेपाल भ्रमण वर्ष २०२० को बुधबार बिहान उद्घाटन गरिएको छ।

नाकाबाट नेपाल प्रवेश गर्ने पहिलो पाहुना भारतीय नागरिक प्रिंयका मल्लिक, पिंकी मजुमदार, मामुनी मल्लिक, श्वेता खड्कालगायतलाई टाकाटोपी र रुद्राक्षको माला लगाएर कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद राम कार्की, प्रदेश सभा सदस्यद्वय श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकी, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यलगायतले सम्मान गरेका थिए।

मेचीनगर पर्यटन समितिको आयोजनामा काँकडभिट्टामा गरिएको कार्यक्रममा भारतका विभिन्न स्थान जाने गाडीमा नेपालका पर्यटकीयस्थलहरुका बारेमा जानकारी समेटिएको ब्यानर टाँसिएको थियो। नाका क्षेत्रमा नेपाली झण्डा राखेर सजाइएको छ।

कार्यक्रममा विभिन्न जातजातिको झाँकी प्रदर्शन गरिएको थियो। झाँकीमा नेवारमा समुदायको लाखेनाच, किराँत समुदाय, मेचे, सन्थाल, किसानलगायत विभिन्न जातजातिका झाँकीसहितको सांस्कृतिक नृत्य प्रस्तुत भइरहेको छ। दिनभर काँकडभिट्टामा जातीय पहिचान, कला संस्कृति झल्कने सांस्कृति कार्यक्रम प्रस्तुत गरिने र नेपालका पर्यटकीयस्थलका बारेमा दृश्यबोर्ड राखेर जानकारी गराइने नगर पर्यटन विकास समितिका संयोजक तथा नगर उपप्रमुख मीना उप्रेतीले बताए।

पूर्वी नाकाबाट नेपाल आउने पर्यटकलाई मेचीनगरका पर्यटकीयस्थलका बारेमा जानकारी दिनका लागि काँकडभिट्टादेखि चारआलीसम्मका क्षेत्रमा होर्डिङबोर्डहरु राखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .