ad ad

राजनीति


राष्ट्रलाई नै अप्ठ्यारोमा पार्ने कार्य भइरहेको छः कँडेल

राष्ट्रलाई नै अप्ठ्यारोमा पार्ने कार्य भइरहेको छः कँडेल

नेपालखबर
पुस १६, २०७६ बुधबार ७:५४,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सत्ता पक्षले राष्ट्रलाई नै अप्ठ्यारोमा पार्ने कार्य गरिरहेको आरोप लगाएका छन्।

नेपाली कांग्रेस धनुषा कार्यसमितिद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य कँडेलले सभामुख चयनको नाममा सत्तापक्षले प्रतिनिधिसभालाई स्वेच्छाचारी बनाएको आरोप लगाएा

प्रतिनिधिसभा सदस्यसमेत रहेका कँडेलले सभामुख चयनको आवरणमा सूचना टाँस गरी सदन सञ्चालन नहुनुले राष्ट्रलाई नोक्सान पु¥याइरहेको प्रसङ्ग उल्लेख गर्दै विधेयकलाई सदनमा प्रस्तुत हुन नदिने अवस्थाले जटिलता थपिँदै गएको बताए

उनले सरकारमा रहेसम्म मधेशको माग बिर्सिने र सरकारबाट बाहिरिएपछि क्रान्तिकारी कुरा गर्ने मधेशवादी दलको दोहोरो चरित्रप्रति गम्भीर हुनु आवश्यक रहेको बताए। मधेशवादी दलका नेतामा सत्ता मोहका कारण सत्तामा जाने होडबाजी देखिएको उनले बताए। केन्द्रीय सदस्य कँडेलले बहुमतको निर्णयलाई स्वीकार नगर्ने अल्पमतको असन्तुष्टिले नेपाली कांग्रेसमा विवाद देखिएको बताए।

अल्पमत पक्षलाई पटकपटक सहमतिमा ल्याउने प्रयास गरिए पनि पार्टीलाई नै अनिर्णयको बन्दी बनाएको अवस्थाबाट निकासका लागि पार्टीले बहुमतबाट महाधिवेशन सन्दर्भका निर्णय गरेको उनले स्पष्ट गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .