मौसममा अचानक परिवर्तन भएर बर्षात सुरु हुँदा काठमाडौं आएका जहाज आकाशमा होल्ड भएका छन्।
काठमाडौंमा पानी परेसँगै विभिन्न रुटबाट आएका जहाजहरु त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेका हुन्।
नेपाली आकाशमा कतार एयरवज, कोरियन एयर र एयर इन्डियाले अवतरण गर्न नसकी आकाशमै होल्ड भएका छन्। ती जहाज अहिले उपत्यकामाथिको आकाशमा फन्को मारिरहेका छन्।
त्रिभुवन विमानस्थलका अनुसार भिजिबिलिटी कम भएसँगै जहाज अवतरण गर्न नसकेका हुन्।
69
Shares
प्रतिक्रिया