ad ad

समाज


कांग्रेस सांसद भण्डारीको स्वास्थ्य सुधारोन्मुख, भेन्टिलेटरबाट हटाउने तयारी

कांग्रेस सांसद भण्डारीको स्वास्थ्य सुधारोन्मुख, भेन्टिलेटरबाट हटाउने तयारी

फाइल।


नेपालखबर
फागुन ७, २०७९ आइतबार १०:३४, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ। भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको सहयोगीहरूले जानकारी दिएका छन्।

नेता भण्डारीको उपचारका लागि मुम्बईमा रहेका कांग्रेस कार्यकर्ता माधव न्यौपानेले कृत्रिम अक्सिजनको मात्रा कम गर्दै लगिएको जानकारी दिए। 

उनले सोमबारबाट भण्डारीलाई भेन्टिलेटर हटाएर हेर्ने अस्पतालले जानकारी दिएको पनि बताए। 

‘डाक्टरबाट काउन्सिलिङ सम्पन्न भएको छ। कृत्रिम अक्सिजनको मात्रा कम गर्दै लगिएको छ,’ न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘र भोलीबाट ट्रायलमा भेन्टिलेटर हटाएर हेर्ने छ।’ 

उनले नेता भण्डारीको हातको जलेको भागले काम गर्न थालेको र सुन्निएको भाग घट्दै गएको पनि उल्लेख गरेका छन्।

‘हातको जलेको पार्टले कार्य गर्न थालेको छ,’ न्यौपानेले लेखेका छन्, ‘अप्रेशन पछिको पहिलो ड्रेसिङ्गमा हुनुहुन्छ। सुन्निएको भाग घट्दै गएको छ।’

काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा नेता भण्डारी आमासँगै घाइते भएका थिए।

विस्फोटमा परी गम्भीर घाइते भएकी उनकी आमा हरिकलाको उपचारका क्रममा किर्तिपुर अस्पतालमा निधन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .