ad ad

समाज


गाई चोरेको आरोपमा विवाद भएपछि सप्तरीमा भारतीयले गोली चलाए

गाई चोरेको आरोपमा विवाद भएपछि सप्तरीमा भारतीयले गोली चलाए

नेपालखबर
माघ २५, २०७९ बुधबार २१:७, काठमाडौँ

सप्तरीमा बुधबार दिउँसो गोली चलेको छ। हनुमाननगर कंकालिनी नगरपालिका १३ गोवरगाढामा भारतीयले गोली चलाएका हुन्। 

गाई हराएको विषयमा नेपाली र भारतीयबीच विवाद हुँदा भारतीयले गोली चलाएको सप्तरी प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले बताए।

गाई चारेको आरोपमा स्थानीय नेपालीले भारतीय नागरिक जावेदलाई पक्राउ गरेर नेपालतर्फ ल्याएर सोधपुछ गरेका थिए। 

उनलाई नेपाल ल्याएपछि २५–३० जना भारतीय नेपाल आएर ३ राउण्ड कटुवा पेस्तोलबाट फायर गरेका थिए। गोली चलाएपछि नेपाली भागेका थिए भने भारतीयले आफ्ना नागरिक लिएर फर्किएका थिए।

गोलीको छर्रा लागेर स्थानीय ६२ वर्षीय महेन्द्र पासवान घाइते भएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन्। घुँडामुनि गोली लागेका उनी सामान्य छन्। उपचारमा जान मानेका छैनन्।

घटनास्थलमा प्रहरी पुगेर फर्किएको एसपी कार्कीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .