ad ad

समाज


काठमाडौंबाट संरक्षित वन्यजन्तुका आखेटोपहारसहित १३ जना पक्राउ

काठमाडौंबाट संरक्षित वन्यजन्तुका आखेटोपहारसहित १३ जना पक्राउ

नेपालखबर
पुस १४, २०७६ सोमबार ९:१४,

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले संरक्षित वन्यजन्तुको आखेटोपहारहरु अवैध रुपमा ओसार–पसार तथा बेचबिखनमा संलग्न ब्यक्तिहरुलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा महाराजगंजबाट खटिएको सीआईबी टोलीले वन्यजन्तुका आखेटोपहारसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।

यसै क्रममा काठमाडौं महानगरपालिका–५ भाटभटेनी मन्दिर अगाडिबाट सालकको छाला सहितको खपटा थान–२ सहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–५ बस्ने वर्ष ६० को सिंह बहादुर मोक्तान, मकवानपुर बकैया गाँउपालिका–२ बस्ने वर्ष ४६ को काल बहादुर जिम्बा, धादिङ खनियाबास गाँउपालिका–३ बस्ने वर्ष २८ को सुके तामाङ र धादिङकै त्रिपुरासुन्दरी नगरपालिका–३ बस्ने वर्ष २४ को उमेश अधिकारी रहेका छन्।

यस्तै, काठमाडौंकै सुकेधाराबाट भालुको पित्तसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ सिद्धलेख गाँउपालिका–४ बस्ने वर्ष २५ को ईश्वर थपलिया, दोलखा बैतेश्वर गाँउपालिका–४ बस्ने वर्ष ५१ को ललित बहादुर बिक, सोही स्थानको वर्ष ३३ को राज कुमार दाहाल र वर्ष २५ को यम खाती तथा बैतडी दोगडाकेदार गाँउपालिका–४ बस्ने वर्ष २३ को हरिश भट्ट रहेका छन्।

यसैगरी प्रहरीले टोखा नगरपालिका–३ ग्राण्डी एरियाबाट संरक्षित वन्यजन्तु चितुवाको छाला थान–२ सहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ बस्ने वर्ष २० को सरोज ओझा, काठमाडौंको तारकेश्वर नगरपालिका–१ बस्ने वर्ष २३ को अखिल लामा भन्ने सुरेन्द्र तामाङ र कैलाली लम्की चुहा नगरपालिका–३ बस्ने वर्ष १८ को कृष्ण क्षेत्री भन्ने कृष्ण साउद क्षेत्री रहेका छन्।

यस्तै, काठमाडौंको बालुवाटारबाट संरक्षित वन्यजन्तु सालकको खपटा तौल ४ केजी सहित सिन्धुली तीनपाटन गाँउपालिका–७ बस्ने वर्ष २२ को कर्ण रम्तेल भन्ने कर्ण बहादुर सार्की पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुलाई थप अनुसन्धानका लागि आखेटोपहारसहित डिविजन वन कार्यालय हात्तीसार पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .