समाज


मन्त्रालयबीच समन्वय नहुँदा परियोजनाहरू पूरा हुन सकेनन् : परराष्ट्रमन्त्री राई

मन्त्रालयबीच समन्वय नहुँदा परियोजनाहरू पूरा हुन सकेनन् : परराष्ट्रमन्त्री राई

फाइल।


नेपालखबर
माघ १४, २०७९ शनिबार १४:५३, काठमाडौँ

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले अन्तर विषयगत मन्त्रालयको समन्वय नहुँदा समयमै पूरा गर्नुपर्ने परियोजनाहरु नसकिएको बताएकी छिन्।

विश्व भोकमरी रिपोर्ट सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै पौड्यालले कतिपय नीतिमा समस्या भएका कारण पनि समयमै सकिनुपर्ने कामहरु पूरा हुन नसकेको बताइन्।

‘परराष्ट्रमा गएपछि सबैभन्दा पहिला मैले हेरेको अन्तर विषयगत मन्त्रालयको समन्वय नभएका कारणले पहिला नै पूरा हुनेपर्ने परियोजना
सकिएका छैन,’ उनले भनिन्, ‘नीतिमा पनि त्यस्तै भइरहेको छ। संविधान छ कानून छैन, कानून छ, नीति छैन, नियम, कार्यविधिहरु छैनन्। नीतिसँग वार्षिक बजेट र कार्यक्रम जोडिनुपर्छ।’

उनले नीति र बजेटहरुमा सरकारको समन्वयात्मक व्यवस्थापन हुन नसक्दा पनि समस्या आइरहेको पनि बताइन्।

मन्त्री पौड्यालले नेपाल भौगोलिक विविधताका कारण विश्वमा उब्जनी नहुने उत्पादनहरु पनि उब्जाउन सक्ने क्षमताको भएपनि भौगोलिक विविधताको आवश्यक प्रयोग गर्न असफल भइरहेको उनले बताइन्। 

मानव स्रोतको विविधतालाई पनि नेपालले सही सदुपयोग गर्न नसकिरहेको उनको भनाई छ।

‘कहिलेकाहीँ वार्षिक कार्यक्रममा पर्छ बजेटमा छैन, समन्वय नभएका धेरै कुराहरु छैनन्। भौगालिक विविधताका कारण हामीलाई जतिबेला जे पनि
उब्जाउन दिएको छ। त्यसलाई राम्रोसँग उपयोग गर्न सकेका छैनौँ। अर्को ह्युमन डायभर्सिटी, मानव श्रोतको विविधता हो।’ उनले भनिन्।

मन्त्री पौडेलले खाद्य उत्पादन र वितरणमा विभेद हुनाले भोकमरीको समस्या् समाधान गर्न नसकिएको बतापनि बताइन्। कोहीलाई खानु नहुने र पर्यात्प खान पाउने अवस्था रहेपनि कोही भने खान नपाएर मरिरहनुपरेको अवस्था रहेका कार्यक्रममा उनले चर्चा गरेकी थिइन्। 

‘खाद्य भनेको कुरा बनाएर खान मिल्दैन उब्जाउनै पर्छ। केही न केही उब्जाएपछि बल्ल मिसाउने हो। त्यसैले उत्पादन महत्वपूर्ण हो,
त्यसपछि डिस्ट्रिब्युशन र क्रय शक्तिको कुरा हो,’ उनले भनिन्, ‘फुड सेक्युरिटीमा विभेद भइरहेको छ। कोही खान नपरोस् भनेर चलिरहेका छन्, कोही खान नपाइरहेका छन्।’

मन्त्री पौड्यालले फुड हेबिटलाई पुरानै अवस्थामा फर्काउन नेपालमा ठूलो क्याम्पियन चलाउन जरुरी रहेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .