धनुषा प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रवार पत्रकार सम्मेलन गर्दै धनुषाको पिडारी चोकबाट लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको जानकारी दिएको हो।
पिडारी चोकको दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको अटोमा जुटको बोराभित्र कार्टुनमा राखिएको अवस्थामा प्रतिवन्धित एक्सप्लोन नामक ४९३ बोतल लागुऔषधसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा प्रदेश २–०२–००१ स।०३५६ नम्बरको अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने ज ११ प४४४६ नम्बरको मोटरसाइकलमा सवार चालक २२ वर्षीय भरोसी यादव र सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।
त्यस्तै अन्य पक्राउ पर्नेहरुमा ज६ प १७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका– ४ बस्ने ३२ वर्षिय दीपककुमार पूर्वे रहेको उनले बताए।
प्रक्राउ पर्नेहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
Shares
प्रतिक्रिया