ad ad

समाज


यतीको जहाज दुर्घटना : एक यात्रुको खोजी गर्दै नारायणीसम्म पुगे सुरक्षाकर्मी

यतीको जहाज दुर्घटना : एक यात्रुको खोजी गर्दै नारायणीसम्म पुगे सुरक्षाकर्मी

यतीको जहाज दुर्घटनास्थल सेती नदी क्षेत्रमा यात्रुको खोजी गरिँदै। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ ५, २०७९ बिहिबार १८:४३, काठमाडौँ

गत माघ १ गते आइतवार पोखराको सेती खोँचमा दुर्घटनापछि बेपत्ता भएका यती एयरलाइन्सको एटीआर जहाजका एक यात्रुको खोजी गर्दै सुरक्षाकर्मीहरु नारायणी नदीसम्म पुगेका छन्।

नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोली गोताखोरलाई लिएर बेपत्ता एक यात्रुको खोजीका लागि सेती मिसिने तनहुँ र चितवनको सीमास्थित नारायणी नदीसम्म पुगेका हुन्।

गत आइतवार पोखरा महानगरपालिका-१५ नयाँगाउँस्थित सेती नदीको खोँचमा भएको विमान दुर्घटनापछि उद्धारकर्मीले ७१ वटा शव निकालिसकेका छन्।

ती सबै शव सेती नदीको खोँचक्षेत्रबाट निकालिएको थियो। तर ती मध्ये एक यात्रु बिहीबारसम्म भेटिएका छैनन्।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बिहीबार दुर्घटनास्थल हुँदै सेती नदीको बहावस्थल तनहुँ र चितवनको नारायणी नदीमा पनि खोजी गरिएको हो।

तर रात परेपछि बिहीबारका लागि खोजी स्थगित गरिएको सेनाले जनाएको छ। खोजीकार्यलाई शुक्रबार पनि उद्धार टोलीले निरन्तरता दिने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .