समाज


७३१ थान राहदानीसहित पक्राउ तीनजनालाई प्रहरीले विभागमा बुझायो

७३१ थान राहदानीसहित पक्राउ तीनजनालाई प्रहरीले विभागमा बुझायो

राहदानीसहित पक्राउ परेका तीनजना। तस्बिर : नेपाल प्रहरी


नेपालखबर
माघ ५, २०७९ बिहिबार १८:२, काठमाडौँ

होटलबाट ७३१ थान राहदानीसहित पक्राउ परेका तीन जनालाई प्रहरीले वैदेशिक रोजगार विभागमा बुझाएको छ। 

बुधबार साँझ काठमाडौंको २६ वीरेन्द्र ऐश्वर्य मार्गमा रहेको होटल सिनामा र मित्रनगरस्थित गुल्मी पल्लिकोट गेस्टहाउसबाट ७३१ थान राहदानीसहित ३ जना पक्राउ परेका हुन्। 

वैदेशिक रोजगार सम्बन्धी अवैध गतिविधि भइरहेको सूचना प्राप्त भएपछि प्रहरी त्यहाँ पुगेको थियो। 

प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बसपार्कबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले केही व्यक्ति शंकास्पद गतिविधिमा संलग्न रहेको पाइएकोले होटलका कोठाहरुमा खान तलासी गरेको थियो। 

विभिन्न व्यक्तिहरुका नाममा जारी भएका राहदानी फेला परेपछि तीनजनालाई पक्राउ गरेको थियो। 

गुल्मी छत्रपुर नगरपालिका ९ का ३८ वर्षीय मिनबहादुर सोमरे, सिन्धुली कमलामाई नगरपालिका ७ का ४४ वर्षीय शेरनारायण श्रेष्ठ र कञ्चनपुर बेतकोट नगरपालिका ३ का ४४ वर्षीय लोकजन खड्का पक्राउ परेका हुन्। 

घटनाको सम्बन्धमा बरामद राहदानीसहित पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार बिभाग बुद्धनगर पठाइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .