समाज


मकवानपुरमा सुमो दुर्घटना : मृतक संख्या ५ पुग्यो (नामसहित)

मकवानपुरमा सुमो दुर्घटना : मृतक संख्या ५ पुग्यो (नामसहित)

नेपालखबर
पुस १२, २०७६ शनिबार ०:४१,

मकवानपुरमा भएको सुमो दुर्घटनामा मृत्यु भएकाको संख्या ५ पुगेको छ।

हेटौंडा सिस्नेरी-काठमाडौं सडकखण्डअन्तर्गत इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३, ओखरडाँडामा शुक्रबार दिउँसो दुर्घटना भएको हो।

दुर्घटनामा ३ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार सिन्धुलीको दुधौली नगरपालिका ८ का ५८ वर्षीय नेत्रमान रुसाल (भुजेल), उनकी पत्नी ५२ वर्षीया भक्तकुमारी रुसाल र रौतहटको चन्द्रपुर नगरपालिका ९ का केदार तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको हो।

यस्तै दुर्घटनामा परी गम्भीर घाइते भएका रौतहटको चन्द्रपुर नगरपालिका ९ का २१ वर्षीय मनिष विक र सोही ठेगानाका २० वर्षीया सिर्जना विकको उपचारका क्रममा मृत्यु भएको हो। काठमाडौंस्थित मनमोहन अस्पतालमा मनिष र वयोधा अस्पतालमा सिर्जनाको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परी सुमोमा सवार ४ जना घाइते भएका छन्। सुमोका चालक हेटौंडा उपमहानगरपालिका १७ का २८ वर्षीय अनिल विक, सर्लाहीकाे बागमती नगरपालिका ३ का २७ वर्षीय रन्जित रिजाल, रौतहटकै माधवनारायण नगरपालिका ५ का ५२ वर्षीय जय साह र रौतहटकै गरुडा नगरपालिका ५ का ३० वर्षीय नन्दकिशोर साह घाइते भएका हुन्। 

सुमो चालक विक र नन्दकिशोर साहको मेडिसिटी अस्पतालमा तथा जैसा साह र रिजालको वयोधा अस्पतालमा उपचार भइरहेको छ।

सुमो अनियन्त्रित भई सडकबाट दुई मिटर तल खसेकाे हाे। मृतकको शव पाेस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याइएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .