समाज


मौसम : तराई र उच्च पहाडी क्षेत्रमा सतर्कता आवश्यक

मौसम : तराई र उच्च पहाडी क्षेत्रमा सतर्कता आवश्यक

प्रतिकात्मक तस्बिर : जुम्ला


नेपालखबर
माघ ४, २०७९ बुधबार ७:२३, काठमाडौँ

हाल (बुधबार बिहान) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिक बदली (आकाशमा बादल) भएको मौसम पूर्वानुमान महाशहाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ। 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

बुलेटिनअनुसार राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

महाशाखाले आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श  पनि जारी गरेको छ। 

जसमा भनिएको छ : देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात तथा तराईका भूभागमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

तापक्रम
आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियस रहेको महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। तर यो तापक्रम अहिले ८:४५ बजे अपडेट गरिनेछ भने त्यतिबेला महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि प्रकाशन गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad