ad ad

समाज


उपराष्ट्रपतिद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त, जाँचबुझ आयोगको प्रतिवेदन प्रभावकारी कार्यान्वय गर्न आग्रह

उपराष्ट्रपतिद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त, जाँचबुझ आयोगको प्रतिवेदन प्रभावकारी कार्यान्वय गर्न आग्रह

नेपालखबर
माघ १, २०७९ आइतबार १८:१८, काठमाडौँ

उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। 

आइतबार शोक वक्तव्य प्रकाशित गरी उपराष्ट्रपति पुनले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना र उक्त दुर्घटनाबाट भएको ठूलो मानवीय क्षतिले स्तब्ध बनाएको बताएका छन्। 

गत जेठमा मात्रै गण्डकी प्रदेशकै मुस्ताङमा विमान दुर्घटना भएको स्मरण गर्दै उनले नेपालमा पटक–पटक हुने यस्ता दुर्घटनाले हाम्रो हवाइ यात्रा सुरक्षामाथि प्रश्न उब्जाएको बताएका छन्। 

यस्ता दुर्घटनालाई न्यूनीकरण गरेर हवाइ यात्रालाई सुरक्षित राख्न सरकारले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ।

‘हरेक दुर्घटनापछि सरकारले जाँचबुझ आयोग बनाउने गरेको छ। त्यस्ता आयोगले गर्ने अध्ययन र दिने प्रतिवेदनको कार्यान्वयनको पक्षमा भने प्रश्न उब्जिरहेका छन्’ उपराष्ट्रपति पुनको विज्ञप्तिमा भनिएको छ, ‘पोखरा विमान दुर्घटनाको कारण बारे सत्यतथ्य पत्ता लगाउन र आगामी दिनमा यस प्रकारको दुर्घटना हुन नदिन नेपाल सरकारद्वारा गठित दुर्घटना जाँच आयोगले प्रभाकारी काम गर्ने र आयोगले दिने प्रतिवेदनलाई तदारुकता साथ कार्यान्वयन गरेर सरकारले हवाई यात्रालाई सुरक्षित बनाउने विश्वास लिएको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .