सर्लाहीको बागमतीमा उखु बोकेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
शनिबार दिउँसो बागमती नगरपालिका १ स्थित नयाँरोड बरहथवा सडक खण्डमा बिग्रिएर रोकि राखेको ना ५ ख ७५६४ नम्बरको ट्रकमा बागमती प्रदेश (३)००४ प १५९३ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चलक सर्लाहीको गोडैता नगरपालिका ४ का ३२ वर्षीय विश्वजित हजारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बिग्रिएर सडक छेउमा रोकि राखेको ट्रकमा तीव्र गतिको मोटरसाइकल ठोक्किँदा हजारीको घटनास्थलमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी विजय यादवले जानकारी दिए।
युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ भने ट्रक चालक फरार भएका प्रहरीले जनाएको छ।
पुस ३०, २०७९, शनिबार
प्रतिक्रिया