समाज


विद्युतीय चुलो जडानका लागि इन्द्रावती गाउँपालिकाले माग्यो प्राधिकरणसँग सहयोग

विद्युतीय चुलो जडानका लागि इन्द्रावती गाउँपालिकाले माग्यो प्राधिकरणसँग सहयोग

नेपालखबर
पुस २५, २०७९ सोमबार ७:७, काठमाडौँ

इन्द्रावती गाउँपालिकाले गाउँपालिकाका प्रत्येक घर धुरीलाई विद्युतीय चुलो वितरण गर्ने योजना अघि बढाएको छ। ‘हाम्रो लगानी हाम्रै सम्पत्ति’ भन्ने नाराका साथ गाउँपालिकाले सो योजना अघि सारेको हो।
 
इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले विद्युतीय चुलो वितरण कार्यक्रम सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसमक्ष आवश्यक सहयोगको लागि मागपत्र बुझाएका छन्। 

नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङ, गाउँपालिकाका अध्यक्ष नेपालसहितको टोलीले मागपत्र बुझाएको हो।
 
आगामी आवभित्र पालिकाभित्रका सबै घरधुरीलाई विद्युतीय चुलो वितरण गरिसक्ने गाउँपालिकाका अध्यक्ष नेपालले जानकारी दिए। उनले जनताका आवश्यक दैनिकीलाई मध्यनजर गर्दै जनताका मागलाई सम्बोधन गर्दै अघि बढ्ने बताए।

उनले गाउँपालिकालाई दाउरा र ग्यास चुलोरहित बनाउन सो अवधारणालाई अघि बढाइएको बताए।

मागपत्रलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सो कार्यक्रम सञ्चालनका लागि आवश्यक ट्रन्सफर्मर, प्लास्टिक, कोटेड, तारलगायत आवश्यक सहयोगको लागि प्रतिबद्धता व्यत्त गरेको अध्यक्ष नेपालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad