समाज


पानी नपर्दा देशभर प्रदूषण बढ्यो, काठमाडौँसहित चार सहरको हावा अस्वस्थकर

पानी नपर्दा देशभर प्रदूषण बढ्यो, काठमाडौँसहित चार सहरको हावा अस्वस्थकर

फाइल तस्बिर : काठमाडौँ


नेपालखबर
पुस २१, २०७९ बिहिबार १३:५४, काठमाडौँ

पानी नपरेका कारण केही दिनयतादेखि काठमाडौँ उपत्यकासहित देशभर धुलोधुवाँ बढेको र यसका कारण देशभर प्रदूषण बढेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी नपरेका कारण तराईमा हुस्सु लाग्न थालेको र वायू प्रदूषण दिनहुँ बढिरहेको छ। सो शाखाले काठमाडौँ, भक्तपुर, दाङको तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर बन्दै गएको जनाएको छ। 

हावाको गुणस्तर सूचक मापन ‘एयर क्वालिटी इन्डेक्स’को आज बिहान ७ बजेर ४५ मिनेटको तथ्याङ्कअनुसार भक्तपुर, काठमाडौँ, तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर छ। काठमाडौँको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) एक सय ५३ छ। यस्तै भक्तपुरको एक सय ५४, तुलसीपुरको १ सय ८ र धनकुटाको १ सय ६ छ। 

एक्यूआई सूचकाङ्क सयदेखि एक सय ५० सम्म पुग्दा बालबालिका तथा वृद्ध र श्वासप्रश्वाससम्बन्धी रोगीलाई अस्वस्थकर तथा एक सय ५० भन्दामाथि एक्युआइ पुग्नु सबैका लागि अस्वस्थकर मानिन्छ। सामान्यतया शून्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ।

उक्त सूचकाङ्कअनुसार एक सय ५० भन्दामाथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ। अस्वस्थकर वायुले मानिसको स्वास्थ्यमा असर पार्छ। सबै उमेर समूहका मानिसको स्वास्थ्यमा जोखिम बढेको र विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई थप जोखिम हुने भएकाले सतर्कता अपनाउन विज्ञले आग्रह गर्दै आएका छन्। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad